मुम्बई, कार्तिक १४ । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएको छ। डिजिटल रिलिजको तयारीमा रहेको यो फिल्मको नामलाई लिएर विरोध शुरु भएपछि नाम नै परिवर्तन गरिएको हो।
नोभेम्बर ९ बाट डिज्ने हटस्टार प्लसमार्फत रिलिज हुन लागेको यो फिल्मको नामको विषयमा करणी सेनाले विरोध जनाएपछि नाम फेर्ने निर्णय गरिएको हो केही समयअघि फिल्मकर्मी मुकेश खन्नासहित केही कलाकारले फिल्मको नामले धार्मिक भावनामा चोट पुर्याउने बताएका थिए । बिहीवार फिल्मको नाम परिवर्तन गर्दै सेन्सर पास गरिएको छ। फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन्। एजेज्सी
Facebook Comments




















