मुम्बइ, कार्तिक १४ । अभिनेत्री काजल अग्रवाल आज आफ्ना प्रेमी गौतम किचलुसँग बिवाह गदैछिन्। उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन्।
काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ। म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ।’ गौतम इन्टेरियर डिजाइनर हुन्। उनको अनलाइन स्टोर छ। ३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन्। एजेन्सी
Facebook Comments




















