काठमाडौं, कार्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको छ। केन्द्रीय कमिटीको बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको केन्द्रिय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए। बैठक २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको थियो। स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने भएको छ।
वक्तव्यमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ। स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ।”
Facebook Comments


























