चितवन, कार्तिक ११ । चितवनमा थप दुई कोरोना (कोभिड-१९) सङ्क्रमितको मृत्यु भएको छ। गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए। उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो। यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए।
यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए। उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराइरहेका थिए। रासस
Facebook Comments


























