मुम्बइ, कार्तिक ११ । बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्याको प्रयास भएको छ। उनलाई पेटमा छुरा प्रहार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन्। अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ।
माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ। पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए। माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ। उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइउको छ। उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ।
आक्रमणकारीको पहिचान भइसकेको छैन। आक्रमणकारीविरुद्धवर्सोवा पुलिस स्टेसनमा मुद्दा दर्ता गरी खोजी भइरहेको छ। आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन। माल्वीले कलर्स च्यानलबाट प्रसारण हुने चर्चित शो उडानमा काम गरेकी छिन्। उनले हिन्दी फिल्म होटल मिलनसहित कैयौं दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी छिन्। एजेन्सी


























