काठमाडौं, कार्तिक ५ । गायक आशिष सचिनको नयाँ गीत ‘पानी बादलु’ सार्वजनिक भएको छ। गीतमा आशिषलाई रेश्मा पुनले महिला स्वरमा साथ दिएकी छिन्। डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन्। सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिन आफैँ फिचर भएका छन्।
उनीसँगै भिडियोमा एलिशा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ। गम्भिर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन्। भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन्।
Facebook Comments


























