नसर्ने रोगमध्येका एक प्रमुख रोग हो, रक्तचाप। यसलाई अहिलेको आरामदायी जीवनशैलीको एक खराब उपजका रुपमा पनि लिइन्छ।
पहिले पहिले प्राय वयस्क उमेरका मानिसमा मात्र देखिने रक्तचाप अहिले अन्य उमेर समुहका मानिसमा पनि देखिन थालेको छ। यो जो कोहीलाई सजिलै र कुनै पनि बेला लाग्न सक्छ। त्यसैले शरीरको रक्तचाप थाहा पाउन नियमित रुपमा जाँच गराउनु पर्दछ।
उच्च रक्तचाप हुँदा हाम्रा धमनी र रक्तनलीहरुमा बढी चाप पर्छ। त्यसलाई औषधी तथा खानपानको परहेजबाट समयमै नियन्त्रण गरिएन भने हाम्रो रक्तनली कमजोर बनाइदिन्छ। अन्यथा मानिसको ज्यानै जान सक्छ। आज हामी उच्च रक्तचापलाई नियन्त्रण गर्ने केही खानेकुराका बारेमा चर्चा गर्नेछौ :
१. केरा
केरामा प्रशस्त मात्रामा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्दछ। पोटासियमले रगतमा भएको अत्यधिक सोडियम पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ।
२. चुकुन्दर
चुकुन्दरमा पर्याप्त मात्रामा पाइने नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुल्न र रक्तचापलाई कम गर्न सघाउँछ। तसर्थ यसको रस सेवन गरे उच्च रक्तचाप नियन्त्रण हुन्छ।
३. हरियो सागपात
हरियो सागपातमा थुप्रै भिटामीन तथा खनिजका साथै पर्याप्त पोटिसियम पाइन्छ। त्यसैले उच्च रक्तचापका रोगीहरुले हरियो सागपातहरु बढी खाँदा फाइदा हुन्छ।
४. दही
दहीमा पाइने तत्वले रक्तनली खुम्चन र फैलिन मदुदत पुर्याउँछ। यस अलावा रक्तचापलाई नियन्त्रित राख्दछ। दहीको नियमित सेवनले उच्च रक्तचाप २० प्रतिशत कम हुन्छ।
५. लसुन
लसुनमा नाइट्रिक अक्साइट पाइन्छ, जसले धमनी फैलिन सहयोग गर्छ। लसुनको नियमित सेवनले उच्चरक्तचाप नियन्त्रणमा आउँछ। लसुन बाहेक, तुलसी, दालचिनी, अलैंची, अदुवाले पनि उच्च रक्तचापलाई कम गर्दछ।
























