चितवन, असोज २९ । चितवनमा ३ वर्षीय बालकसहित थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ५४ जनासहित ५९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ३० जना रहेका छन्। जसमध्ये ३ वर्षीय बालकसहित १९ जना पुरुष र ११ जना महिला रहेका छन्। यस्तै राप्ती नगरपालिकाका २ पुरुष र ५ महिलागरी ७ जना, खैरहनी नगरपालिकाका २ पुरुष र ३ महिला गरी पाँच जना, माडी नगरपालिकाका २ जना पुरुष, रत्ननगर नगरपालिकाका एक पुरुष र ४ महिला गरी पाँच जना र कालिका नगरपालिकाका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै इच्छाकामना गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी काठमाडौंका २ पुरुष, नवलपरासीको देवचुलीका १, तनहुँ र सर्लाहीका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।


























