असोज २८ । भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले कम्तीमा ७ जनाको मृत्यु भएको छ। चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको बीबीसी हिन्दीले जनाएको ।
हैदराबादमा मंगलबार दिउँसो सुरू भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारी वर्षाका वर्षाले तेलंगनाको मेडचल(मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। ती क्षेत्रका सडक नदी जस्तै बनेका छन्। हैदरबादमा भएको यो वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ। एजेन्सी
Facebook Comments


























