असोज २४ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्पेनमा फेरि प्रतिबन्ध लगाउन थालिएको छ। संक्रमण बढेपछि राजधानी मड्रिडमा १५ दिनको आपतकाल घोषणा गरिएको छ।
एक हप्ता अघि लगाइएको आंशिक लकडाउन हटाइएपछि सरकारले आपतकालीन अवस्था लागु गरेको हो। मड्रिडमा आपतकालीन अवस्था लागु गर्नका लागि सात हजार भन्दा बढी प्रहरी परिचालन हुनेछन्। मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागु गर्न नचाहेपछि केन्द्र सरकारले आपतकाल लागु गरेको हो।
महामारीको पहिलो लहरमा नियन्त्रण गर्न सफल भएको स्पेनमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ। पछिल्लो २४ घण्टामा स्पनेमा ५ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै स्पेनमा कोरोना संक्रमितको संख्या ८ लाख ९० हजार ३६७ पुगेको छ। एजेन्सी
Facebook Comments




















