असोज २४ । लेबनानको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बीबीसीले जनाएको छ।
तारिक-अल-दिदे जिल्लामा ट्यांकमा आगो लागेपछि विस्फोट भएको बताइएको छ। गत अगस्टमा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटपछि भएको यो विस्फोटपछि मानिसहरू अत्तालिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments




















