असोज २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेनबीचकोको दोस्रो टेलिभिजन बहस नहुने भएको छ। राष्ट्रपति ट्रम्प भर्चुअल बहसका लागि तयार नभएको र उनमा कोरोना संक्रमण भएका कारण प्रत्यक्ष बहस आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन्।
वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उद्धृत गर्दै सीएनएनले जनाए अनुसार अब दुई उम्मेदवारबीच नासभिलेमा अक्टोबर २२ तेस्रो टिभी बहस हुनेछ।अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको छ।
Facebook Comments




















