असोज २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन्। अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको ट्रम्पले बताएका छन्।
कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्प बिहीबारदेखि काममा फर्किएका छन्। तथापी उनी अझै उपचारकै क्रममा रहेका छन्।
‘म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,’ फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने। राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो। सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय गरेका हुन्।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्वराष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन्। एजेन्सी


























