काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमणपछि निको भएका छन्। यो कुल संक्रमितको ७२ दशमलव ९ प्रतिशत हो। नेपालमा हालसम्म ९४ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























