असोज १८ । केही दिन अघि नेपालमा सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले विभिच्य च्यालेन्जका नाममा फोटाहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए। विशेषत विवाहित जोडा जोडी वा अफियरमा रहेकाहरुले कपल च्यालेन्ज नामक च्यालेन्जमा भाग लिँदै सामाजिक सञ्जालमा फोटाहरु पोस्ट गरेका थिए।
कपल च्यालेन्ज बाहेक पनि सिंगल, बालबालिकासँग सम्बन्धित अनेकौं खालका च्यालेन्जहरु चलेका थिए। जसमा तपाईले पनि भाग लिनुभयो होला। अर्थात तपाईले पनि यस्ता च्यालेन्जहरुमा फोटाहरु सार्वजनिक गर्नु भयो होला।
तर यसरी च्यालेन्जमा भाग लिएका केही फोटाहरु पोर्न साइट (यौनसँग सम्बन्धित वेवसाइट) हरुमा फेला परेका समाचारहरु सार्वजनिक भएका छन्। भारतीय प्रहरीले त झन् यस्ता च्यालेन्जमा भाग नलिन अपिल नै गरेको छ।
अहिलेसम्म विश्वभरका हजारौं मानिसले इन्स्टाग्राम, ट्वीटर, फेसबुक लागयतका सामाजिक सञ्जालहरुमा ह्यासट्याग कपल च्यालेन्जमा भाग लिइरहेका छन्।
तर यसरी भाग लिँदा व्यक्तिगत जानकारी लगायतका विवरणसमेत आपराधिक समूहले हात पार्ने भएका कारण यो जोखिम युक्त रहेको बताइएको छ।
अझ यस्ता तस्वीरहरुलाई यौनसँग सम्बन्धित साइटहरुमा समेत दृेखिको रिपोर्ट प्रहरीकहाँ पुगेपछि भारतको पूणे प्रहरीले कपल च्यालेन्ज र यस्तै अन्यमा तस्वीरहरु राख्दा दुई पटक सोच्नसमेत आग्रह गरेको समाचार भारतीय पत्रिका इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ।
सामाजिक सञ्जालमा चलिरहेका ह्यासट्याग ट्रेन्डमा आफ्नो तस्वीर तथा निजी जानकारी पोस्ट गर्नु अरुका लागि च्यालेञ्ज नभएर आफ्नै जीवनमाथिको च्यालेञ्जको रुपमा आइलाग्न सक्ने तर्फ विज्ञहरुले सचेत गराएका छन्। यो ट्रेन्ड नेपालमा मात्र नभएर अहिले छिमेकी देश भारत, बंग्लादेश लगायतका मुलुकमा पनि खुबै चलेको छ। अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताले कपल च्यालेञ्जको रुपमा आफ्ना पार्टनरसँगको फोटो फेसबुकमा शेयर गरिसकेका छन्।
भारतको पुणे प्रहरीले त आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रयोगकर्ताहरुलाई यो च्यालेञ्जबाट जोगिन अनुरोध गरेको छ। यस प्रकारका च्यालेञ्ज चलाएर ह्याकरले प्रयोगकर्ताका निजी तस्वीरहरुलाई निशाना बनाउँछन्। जसलाई विश्वभर रिभेञ्ज पोर्न तथा डिप फेक प्रविधिको शिकार बनाइने विज्ञहरु बताउछन्।
कयौं व्यक्तिहरु, खास गरेर महिलाहरु डिप फेकको शिकार हुने गरेका छन् । जसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर कसैको तस्वीर अर्को कुनै व्यक्तिको शरीरमा यसरी जोडिन्छ कि त्यो वास्तविक जस्तै देखिन थाल्छ।
आम सर्वसाधारणदेखि ठूला सेलिब्रेटी समेत यस किसिमका डिप फेकका शिकार भइसकेका छन्। केही दिनको अन्तरालमा सामाजिक सञ्जालमा फरक फरक किसिमका च्यालेञ्जहरु आइरहेका छन्।
यस्तैमा आएका च्यालेञ्ज मध्ये कपल च्यालेञ्ज पनि एक हो। कपल च्यालेञ्जमा सहभागी केही व्यक्तिको फोटो पोर्नग्राफिक साइटहरुमा देखिएका खबर आउन थालेका छन्। विज्ञहरुका अनुसार डिप फेक बाहेक यस किसिमका च्यालेञ्जबाट व्यक्तिका सम्पूर्ण निजी जानकारी निकालिन्छ। त्यसैको आधारमा ब्ल्याकमेल समेत हुनसक्ने खतरा रहन्छ। एजेन्सी


























