चितवन, असोज १७ । कोरोना संक्रमणबाट चितवनमा शनिवार एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान पौने ११ बजे उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। यससँगै चितवनका २३ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
Facebook Comments


























