काठमाडौं, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन्। ट्रम्पका सहयोगी होम हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेको सीएनएनले बताएका छन्।
चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले बिहिबार राति ट्वीटमा लेखे, ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन्। उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ। भयानक ! फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं। अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं !’
ट्रम्पले हिक्ससँग थुप्रै पटक यात्रा गरेका छन्। मंगलबार मात्रै ट्रम्पले हिक्ससँग क्लिभल्याण्डमा आयोजित डिबेटमा सहभागि भएका थिए। एजेन्सी


























