गैँडाकोट, असोज १७ । लायन्स क्लब इन्टरनेशनलल डिस्ट्रिक ३२५ बी टु नेपालको एरिया नम्बर ३ ले नवलपुरको गैँडाकोट क्षेत्रमा राहत वितरण गरेको छ। नारायणी नदीको डुबानमा परेका सुकुम्बासी परिवारलाई लायन्सले राहत वितरण गरेको हो। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी टु नेपाल एरिया नं.३ का चिफ एरिया कोअडिनेटर प्रभाकर पण्डितका अनुसार डुबानमा परेका घरलाई चामलसहित, नुन, तेल, चिउरा, मस्यौरा, केराउलगायतका खाद्यान्न वितरण गरिएको हो।
लायन्स क्लब इन्टरनेशनलल डिस्ट्रिक ३२५ बी टु नेपालका प्रथम भाइस प्रेसिडेन्ट रामप्रसाद भट्टको विषेश उपस्थितिमा भएको कार्यक्रममा ३०२ घर परिवारलाई राहत वितरण गरिएको उनले बताए। क्लबले यसअघि लकडाउन अवधिभरमा स्यानिटाइजर, मास्कलगायतका स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको थियो।
साथै वृद्धाश्रममा खाना खुवाउने, नदी किनारमा बेसहरालाई खाना खुवाउने लगायतका कार्यक्रम गर्दै पछिल्लो समय बाढीबाट प्रभावित परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको पण्डितले जानकारी दिए।


























