काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसँग झण्डै एक घण्टा छलफल भएको थियो।
छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको छलफल केहीबेर अघि सकिए पनि के विषयमा कुराकानी भयो भन्ने बारे खुलेको छैन। प्रधानमन्त्रीले आजै आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएकाले मन्त्रिपरिषद बैठककै एजेन्डाका विषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।
Facebook Comments


























