अहिले गर्मी र जाडोको मिश्रित समय छ। दिउँसो गर्मी भएपनि बिहान र अबेर बेलुका चिसो बढ्न थालेको छ। यस्तोमा नेपाली समाजमा चिया सेवन अनिवार्य झै बनेको छ।
सबैको रोजाई पर्ने पेय चियाको पनि बिभिन्न प्रकार छ। दूध चिया, कालो चिया, कागती चिया अन्य अन्य। स्वादका लागी अरु चिया मिठो भएपनि स्वास्थ्यका निम्ती भने कालो चिया निकै लाभदायी हुन्छ। यसले दूध चिया भन्दा फाइदा गर्दछ। यस्ता छन् कालो चिया सेवनको फाइदाहरु:
– कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ।
– कालो चियाको नियमित सेवनले मानिसको मोटोपना कम हुन्छ।
– यो चियाको सेवनले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउँछ।
– कालो चियाले मानिसलाई लामो समय क्रियाशील रहन सहयोग पुर्याउँछ।
– नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्दछ।
– यो चियाको नियमित सेवनले हर्ट स्ट्रोकको खतरा कम हुन्छ।
– कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्दछ।
– रोगप्रतिरोधी क्षमता कम भएका मानिसलाई समेत कालो चिया हितकर हुन्छ।
– यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावना कम गर्दछ।
– कालो चियाले क्यान्सर बनाउने कोशिका हटाउने काम गर्दछ।
























