चितवन, असोज १० । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १८हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्। यस्तै ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा छन्।
Facebook Comments


























