चितवन, असोज १० । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा आज (शनिवार) बिहान सवा १० बजे घाँस काट्न गएका भरतपुर महागरपालिका–१३ का ६५ वर्षीय जगदिश चौधरीलाई बाघले आक्रमण गर्दा ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।
उनको घटनास्थलमै मृत्यु भएको छ सहायक संरक्षण अधिकृत रामले बताए। यसअघि सोही क्षेत्रमा बाघले आक्रमण गर्दा एक जनाको निधन भएको थियो। भदौ २२ गते बाघले आक्रमण गर्दा भरतपुर–१३ कै ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको थियो।
Facebook Comments


























