काठमाडौं, असोज ९ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ५१ हजार ८ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार आज १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ६८ सय हजार १ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।
Facebook Comments


























