काठमाडौं, असोज ९ । नेपाल आइडलबाट चर्चित बनेका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ ल्याएका छन्। उनको यो गीत सदभाव टिभीको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सन्तोष जंग थापाका शब्दलाई नविन कार्कीले संगीत दिएका छन्। म्युजिक भिडियोमा नविन बुढाथोकी र अभिनेत्री अनु शाहको अभिनय रहेको छ। रामकृष्ण चौलागाईको छायांकन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।
Facebook Comments


























