काठमाडौं, असोज ७ । माउन्टेन ड्युले पब्जी मोवाइलसँग विश्वव्यापी साझेदारीको घोषणा गरेलगत्तै अर्को नयाँ मैदान खुला गरेको छ। स्पोर्टस्का खेलाडी तथा खेल प्रसंसकहरुका लागि अन्य पुस्तामाझ पुग्न खेल उद्योगमा नवीनता र उत्साह जागृत गराउनको लागि महत्त्वपूर्ण चरणको संकेत गरेको जनाएको छ। पब्जी मोवाइलका अलावा माउन्टेन ड्यु खेलप्रेमी समुदायलाई अझ उत्कृष्ट बनाउन र खेलाडीलाई अद्भूत तथा उत्साहजनक कृयाकलापमा पहुँच पुर्याउन कटिवद्ध रहेको जनाएको छ।
गतिशिल कार्यक्रमको एक हिस्सास्वरुप विश्वभरका खेलाडीहरुले केही सीमित समयको लागि खेलको नयाँ नक्साभरी उपलब्ध इन–गेम माउण्टेन ड्यु फ्युल स्टेशन्स्मा शक्ति बढाउन सक्षम हुने पेप्सीकोका बजार निर्देशक नसीब पुरीले बताए। खेल खेलेको समयमा लूट उपलब्ध गराएर यी नवीनतम फ्युल स्टेशनहरुले गेमिङ अनुभवलाई अझ बढी रोमाञ्चक बनाइदिने उनले बताए। उनका अनुसार नेपाललगायत तोकिएका अन्तर्राष्ट्रिय बजारहरुमा विशेष चिन्ह अंकित माउण्टेन ड्यु उत्पादनको खरिदमा इन–गेम पुरस्कार र रिवार्डहरु खोल्न पनि सक्नेछन्।
माउण्टेन ड्यु पब्जी मोबाइल–प्रो लिग अमेरिका, पब्जी मोवाइल वल्र्ड लिग र पव्जी मोवाइल ग्लोबल च्याम्पियनसिप–२०२० को औपचारिक वेभरेज प्रायोजक पनि हो। ‘एक भव्य तरिकाबाट पब्जी मोवाइलको सैन्य शक्तिसँग जोडिन पाउँदा र इस्पोर्ट्स प्रशंसकहरुका साथ संलग्न हुन पाउँदा हामी अन्यन्त खुसी छौं,’ उनले भने, ‘यस किसिमको सहकार्यले गेमिङ खोजमा एक नयाँ अध्याय स्थापित गर्दै अद्वितीय क्रियाकलापका साथ इस्पोर्ट्स अनुरागीहरुको नयाँ पुस्तालाई सशक्त बनाउने हाम्रो प्रतिज्ञालाई गति प्रदान गर्छ।’
पब्जी मोवाइल र यसको इस्पोर्ट्सले विश्वभर अत्याधिक प्रशंसकहरुका साथ रेकर्ड तोड्न सफल भएको कम्पनीको दावी छ। ‘माउण्टेन ड्युसँगै मिलेर हामी जितको लागि खेलाडीहरुले कसरी इन्धन भर्छन् त्यो हेर्नलाईू आतूर छौं,’ पब्जी ग्लोबल स्पोर्टसका निर्देशक जेम्स याङले भने, ‘माउण्टेन ड्यु र पब्जी मोवाइलमा नोड्विन गेमिङको सर्वाधिक ठूलो साझेदार को स्क्वाड निर्माणमा सहयोग गर्ने यो अत्यन्त खुसीको कुरा हो।’
नोड्विन गेमिङका अक्षत राठीका अनुसार प्रचार अभियान र साझेदारी विकास गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पब्जी मोवाइलको बृहत्तर पहुँचका साथ माउण्टेन ड्युद्वारा विश्वव्यापी गेमिङ र इस्पोर्ट्स समुदायमा प्रदर्शित विश्वासले गेमिङका लागि वास्तविक शक्तिको मापन प्रदर्शन गर्न अनुमति दिएको उनले बताए। विश्व बजारमा गेमिङको माध्यमबाट समावेशिताको भावनालाई मनाउने यो उत्साहवद्र्धक साझेदारीका लागि यी दुई विश्वव्यापी हस्तीहरुसँग आवद्ध हुन पाउँदा हामी पनि गौरवान्वित भएका छौं,’ उनले भने।


























