काठमाडाैं, असाेज ५ । नेपालमा काेराेना भाइरस संक्रमणकाे दर बढ्दै जाँदा निकाे हुनेकाे दर पनि बढ्दै गएकाे छ। स्वास्थ्यमन्त्रालयकाे तथ्यांकअनुसार पछिल्लाे २४ घण्टामा मात्रै एक हजार पाँच जना संक्रमित निकाे भएर घर फर्किएका छन्। मन्त्रालयले जनाएअनुसार हालसम्म ६५ हजार २७६ जनामा संक्रमण देखिएकाे नेपालमा ४७ हजार २३८ जना काेराेना संक्रमित निकाे भइसकेका छन्। प्रतिशतका आधारमा ७१ दशमलव ४ प्रतिशत संक्रमित निकाे भएकाे मन्त्रालयले जनाएकाे छ।
१७ हजार ६११ जना संक्रमित भने उपचाररत छन्। नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ४२७ पुगेकाे छ। संक्रमणमुक्त हुनेकाे संख्यामा केही सुधार आए पनि संक्रमणकाे दर अझै पनि कम हुन नसकेकाे हुँदा भाैतिक दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षाकाे मापदण्ड अनिवार्य पूरा गर्न पनि सरकारले निर्देशन दिँदै आइरहेकाे छ। अत्यावश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन पनि मन्त्रालयले आग्रह गरेकाे छ।
काेराेना संक्रमण भइहालेकाे खण्डमा पनि आत्तिन नहुने मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले बताए। आफ्नै शरीरमा राेगप्रतिराेधात्मक क्षमता बढाउने खालका खानेकुरा खानुका साथै नियमित व्यायाम गर्ने गरेमा संक्रमित पनि छिट्टै निकाे हुने गरेका उनकाे भनाइ छ। प्राकृतिक चिकित्सा पद्धतिमार्फत उपचार गरेकाहरु छाेटाे समयमै निकाे हुने गरेका छन्। मन्त्रालयले जारी गरेकाे अध्यावधिक विवरण हेर्नुहाेस्ः

































