चितवन, असोज ५ । चितवनमा आज (सोमबार) विहान दुई घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले चितवनमा विहान ७ देखि ९ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रलाई पत्र पठाउँदै १३२/३३/११ केभि भरतपुर शव स्टेशन सटडाउन हुने जानकारी गराएको हो।
हेटौंडा ग्रीड अन्तरगतको १३२ केभि बसबारको कण्डक्टर मर्मत गर्नु पर्ने भएकाले आज (सोमबार) विहान दुई घण्टा सटडाउन हुने महाशाखाका प्रमुख विक्रम कुमार अमात्यले जानकारी दिए ।
Facebook Comments


























