काठमाडौं, असोज ३ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गरिमा पन्तको आज जन्मदिन परेको छ। उनी १९८८ सेप्टेरम्बर १९ तारिखमा लमजुङमा जन्मेकी हुन्। यस आधारमा आज उनी आफ्नो ३३औं जन्मदिन मनाउँदैछिन्। जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागि रहेको छ।
म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा डेब्यू गरेकी गरिमाले चलचित्रमा राम्रो पकड बनाइरहेका बेला विबाह गरिन्। विवाहपछि भने उनी चलचित्र क्षेत्रबाट टाढा रहिन्। उनी बिहेपछि अस्ट्रेलिया बस्दै आएकी छन्। ‘झोला’, ‘तीन घुम्ती’ चलचित्रमा गरेको उत्कृष्ट अभिनयका कारण गरिमा लोकप्रिय छिन्।
प्रीतिको फूल, ठूली, सम्झना, अर्जुन देव, जीवन मृत्यु, मनले मनलाई मान्छ, सुन्दर मेरो नाम, फूल, भइहाल्छ नि, रंगबैजनीलगायतका चलचित्रमा गरिमाले आफ्नो अभिनय क्षमता देखाएकी छन्।
Facebook Comments


























