चितवन, भदौ ३१ । भोलीदेखि केही परिमार्जन सहित निषेधाज्ञा खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय चितवनले तयारी थालेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा आज सकिदैछ। भोली असोज १ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिए।
उनले भोली देखि निजी सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने तयारीमा रहेको जानकारी दिए। चितवनमा सार्वजानिक सवारी साधन सञ्चालनका बिषयमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए।
‘भोली देखि चितवनमा अतीआवश्यक भन्दा बाहेकका पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी निर्णय गर्दैछौं उनले भने’।
Facebook Comments


























