काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। साँझ ५ बजे बस्ने बैठक नियमित भए पनि केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा राष्ट्रिय सभामा वामदेव गौतमको सिफारिसलगायतका महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने स्रोतले जनाएको छ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकिएर भदौ २९ मा बिदा भईसकेका छन्। उनको पुनः नियुक्ति हुन्छ कि हुँदैन भन्ने विषयलाई महत्वका साथ हेरिएको छ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि पनि बैठकमा छलफल हुने आँकलन गरिएको छ। हाल दुई दर्जनभन्दा धेरै संवैधानिक निकायमा पद रिक्त छन्।
Facebook Comments


























