चितवन, भदौ २६ । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन्।
दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो। मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ।
एक वृद्धाको घरमानै मृत्यु भएको थियो। चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका तीन, बारा, गोर्खा र कैलालीका एकरएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। रासस
Facebook Comments


























