नारायणगढ, भदौ २६ । मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो। बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो। रासस
Facebook Comments


























