चितवन, भदौ २३ । चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३ जना र रत्ननगरका १ जनासहित चितवनका १४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ। नवलपरासी, मकवानपुर र बाराका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको मेडिकल कलेजका माइक्रोबायोलोजिष्ट डा.नविनकुमार चौधरीले जानकारी दिए।
Facebook Comments


























