भदौ २२ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने देशमा भारत दोस्रो बनेको छ।
ब्राजिलमा भन्दा पनि संक्रमितको संख्या धेरै भएपछि भारत– अमेरिकापछि विश्वमा सबैभन्दा बढी कोरोनाका बिरामी भएको देश बनेको हो।
आज (सोमबार) बिहान सवा ९ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० संक्रमित छन्।
दोस्रोमा भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ छ। यसपछि ब्राजिलमा ४१ लख ३७ हजार ६ सय ६ जनलाई कोरोना संक्रमण भइसकेको छ।
Facebook Comments


























