इलाम, भदौ २१ । विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे। उद्योगरकारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे। कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे।
प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी ९खरिदकर्ता० को सङ्ख्या शून्य छ। यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ।
कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टङ्क दाहाल बताउँछन्। दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन्। “धेरैले फोनमार्फत आउन सकिन है भन्नुहुन्छ”, दाहालले भने, “धेरैको चासो पनि छ तर आउन नपाएकोमा गुनासो पनि छ।”
जापान, अमेरिका, जर्मनी, चीन, फ्रान्सका साथै भारतमा समेत आफ्नो उद्योगको चिया निर्यात हुने गरेको सञ्चालक दाहालको भनाइ छ। गएको वर्ष मात्र पनि उद्योगमा दुई झुण्डमा विदेशी आएका थिए। चियाको मुख्य सिजन (चैत–वैशाख) मै उद्योगले बन्दाबन्दी खेप्नु पर्यो। उद्योगीले यही सिजनमा अधिकतम फाइदा लिन सक्नुपर्छ तर यसपटक भने कोरोनाले विदेशमा चिया जान सकेन। बन्दाबन्दी सकिए पनि कोरोनाको प्रकोप बढ्दा धेरै उद्योगीले घाटासमेत खेप्नु पर्यो। विशेषगरी सिधै तेस्रो मुलुक तयारी चिया पठाउने उद्योगीलाई त कोरोनाले नमज्जैले ‘घाटा’ गरायो।
यसैकारण बर्सेनि तेस्रो मुलुकबाट चियाको अनुगमन र चिया बुझ्न आउने विदेशी एकै जना नआएको इलाम नगरपालिकास्थित जस्वीरे चिया उद्योगका सञ्चालक सरद सुब्बा बताउँछन्। “यहाँ उद्योगमा आउने हाम्रा नियमित खरिदकर्ताहरू हुन्”, सुब्बा भन्छन्, “धेरैलाई त चियाको नमूना पनि पठाउनु पर्दैन। त्यसै पनि जान्छ तर केही केही चाहिँ नेपालै आएर उद्योग र बगानै घुम्नु हुन्छ।” सुब्बाका अनुसार उनको उद्योगमा बर्सेनि तीनरचार समूहमा चियाका विदेशी खरीदकर्ता आउँछन्। सुब्बा भन्छन्, “हावापानी, चियाबारीको रमाइलो दृश्य र गुणस्तरीय चियाले मेरो उद्योग र बगानमा तान्छ तर यसपटक कोही पनि आएनन्।”
त्यसो त इलामका धेरै उद्योग र बगानमा विदेशी खरीदकर्ता बर्सेनि पुग्छन्। चिया किन्न र मनोरम चियाबारी घुम्नै पनि विदेशी चिया बगान–उद्योग पुग्छन्। भारतको दार्जिलिङको चियाभन्दा इलामको चिया गुणस्तरीय मानिने हुँदा बर्सेनि विदेशी ग्राहक इलाम आउने क्रम बढ्दो छ तर यसपटकले कोरोनाका कारण चिया उद्योगीले नमाज्जाले धक्का खानु पर्यो। एकातिर कोरोनाले विदेशी आएनन् भने अर्कातिर यहाँ उत्पादन भएको तयारी चिया जान पनि गाह्रो भइरहेको छ।
यसरी निकासीको ठूलो परिमाण जाने मुलुकबाटै खरीदकर्ता आउन नसक्नु र चिया जान नसक्नु चाहिँ चियाका लागि दुःखद कुरा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउँछन्। विभिन्न संस्था र व्यक्तिगत ९उद्योग०कै आह्वानमा विदेशी चियाका लागि आउने गरेका छन्। “विगतका वर्षमा सानोरठूलो गरी ३०र४० वटा समूह चियाको अनुसन्धानका लागि आउँथे तर यसपटक भने एकजना पनि छैन”, उनले भने।
चिया खरीद र घुमघामकै लागि बर्सेनि उच्च सङ्ख्यामा विदेशी भित्रिन्छन्। कतिपय विदेशी चिया सम्बन्धी सङ्घरसंस्थामार्फत नेपाल भित्रिन्छन् भने कतिपय उद्योगसँगको व्यक्ति चिनजानमा आउँछन्। पछिल्लो समय व्यक्तिगतभन्दा पनि सङ्घरसंस्थामार्फत नेपाल भित्रिने विदेशीको सङ्ख्या बढी छ। चियासम्बन्धी सङ्घरसंस्था केन्द्रीय चिया सहकारी सङ्घ (सिटिसिएफ), हिमालय अर्थोडक्स टी प्रोड्युसर्स एशोशिएसन, स्पेसलिटी टी एशोशिएसन नेपाललमार्फत पनि विदेशी खरीदकर्ता नेपाल आउने गरेका छन्। नेपालबाट भारतसहित जापान, अष्टे«लिया, अमेरिका, नर्वेलगायतबाट चिया निर्यात हुने गरेको छ। रासस


























