चितवन, भदौं ११ । चितवनमा बिहीबार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति ९ बजेसम्म गरिएको परीक्षणमा खैरहनी नगरपालिकाका १२, भरतपुरका ३, रत्ननगरका १ र पूर्वी नवलपरासी गैंडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

Facebook Comments


























