भदौ ११ । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ हजार भन्दा धेरै कैदीहरुको मृत्यु भएको छ।
द अमेरिकन सिभिल लिबर्टीज यूनियन ९एसीएलयू०ले बुधवार यो जानकारी दिएको हो।
एसीएलयूले ट्वीट गरेर देशभरका जेलहरुमा रहेका १ हजार भन्दा धेरै कैदीहरुको कोरोनाका कारण मृत्यु भएको बताएको हो।
अमेरिकामा अहिलेसम्म १ लाख ८३ हजार ६७७ जनाको मृत्यु भएको छ भने ६० लाख १ हजार १०३ जनालाई कोरोना संक्रमण भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३८ जना नयाँ संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ३३ लाख १४ हजार ६६४ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २ हजार ७६२ जना उपचाररत छन्।
अमेरिकामा १६ हजार ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। एजेन्सी
Facebook Comments


























