भदौ ८ । चीनले पाकिस्तानलाई अत्याधुनिक युद्धपोत बेचेको छ। यो युद्धपोत विदेशी राष्ट्रलाई पठाइएकैमध्ये सबैभन्दा नयाँ र शक्तिशाली भएको बताइएको छ।
पाकिस्तानको स्थानीय संचारमाध्यमका अनुसार टाइप ०५४ ए–पी युद्धपोत चीनले पाकिस्तानलाई बेचेको हो।
चीनले विदेशी राष्ट्रलाई बेचेको यो युद्धपोत हालसम्मकै ठूलो युद्धमा प्रयोग हुने जहाज हो। यसैबीच चीनले सन् २०२१ सम्ममा थप तीनवटा युद्धपोतहरु पाकिस्तान पठाइसक्ने पनि हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
यी युद्धपोतले पाकिस्तानी नौसेनाको शक्ति दोब्बर रुपमा बढाउने अनुमान गरिएको छ। हाल पाकिस्तान र चीन दुवै भारतसँगको सीमा विवादमा होमिएका छन्।
केही समय अगाडि चिनियाँ राष्ट्रपति सी चिनफिङले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई एक ‘असल भाई’ र असल साथी भनेका थिए। एजेन्सी
Facebook Comments


























