पेरू, भदौ ८ । पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मार्दा त्यहाँ भागदौड मच्चिएको थियो। सो क्रममा १३ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको छ।
भागदौडमा तीन प्रहरीसहित छ जना घाइते भएका छन्। प्रतिबन्धनकाबीच क्लब सञ्चालन गरेको भन्दै त्यसका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
कोरोनाभाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु मार्चदेखि बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ। एजेन्सी
Facebook Comments


























