काठमाडौं, भदौ ६ । पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १८ हजार ३ सय ५० उपचारपछि निको भएका छन्।
शनिबार काठमाडौं उपत्यकामा २१६ संक्रमित थपिएका छन्। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ। अब काठमाडौंमा २ हजार ४५३, ललितपुरको ३९९ र भक्तपुरमा २४४ संक्रमित पुगेका छन्।
शनिबार देशभर ६३४ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ११७ पुगेको छ।
Facebook Comments


























