काठमाडौं, भदौ ६ । डा.डीआर उपाध्यायको नयाँ गीत गए तिम्रा यादहरुको म्युजिक भिडियो सार्वजनिक भएको छ। राज सागरले गाएको वियोगान्त गीत सार्वजनिक भएको हो।
राज सागरकै संगीत रहेको गीतमा साहस शाक्यले संगीत संयोजन गरेका छन्।
रोशिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा नयन सिंह, परुषोत्तम सानु, रुपा सुनार र रजिना भित्रीकोटीले अभिनय गरेका छन्। भिडियोमा छायाँकन तथा सम्पादन निर्देशक रोशिककै रहेको छ।
Facebook Comments


























