भदौ ६ । महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ। बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन्।
इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा रहेको बताएका थिए।
सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ।
दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन्। सन् १९१० देखि १९३० को अवधिको समय थियो त्यो। एजेन्सी
Facebook Comments


























