भदौ ६ । अमेरिकाको क्यालिफोर्नियास्थित पहाडी क्षेत्रमा दर्जनौँ स्थानमा लागेको डढेलोले ६ जनाको मृत्यु भएको छ।
क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा फैलिएको डढेलोमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
आगलागीपछिको तातो हावाले जनजीवन थप प्रभावित भएको छ। अहिलेसम्म सयौँ भवनहरु जलेका तथा हजारौँ भवनहरु जोखिममा परेको बताइएको छ ।
डढेलोले एक लाख ७५ हजारभन्दा बढी मानिस बिस्थापित भएका छन्।
डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रणमा आउन सकेको छैन। बरू डढेलो अझ बढी फैलदै गएको अग्नि नियन्त्रकहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























