काठमाडौं, भदौ ५ । मोडल तथा गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। हालै एक अन्तर्वार्ताका क्रममा गीत गुनगुनाउँदा ट्रोलको शिकार भएका दुर्गेशले सोही घटनामा आधारित गीत प्रस्तुत गरेका हुन्।
केही समयअघि ऋषि धमलालाई अन्तर्वार्ता दिने क्रममा दुर्गेशले नारायणगोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए।
त्यसपघि दुर्गेश सामाजिक सञ्जालमा ट्रोल बनेका थिए। कतिले उनलाई ‘अटो ट्युनर’ गायक भएको भन्दै आलोचना गरे।
यसबाट ट्रोलको शिकार भएका दुर्गेशले ‘आलुजस्तो गायक’ बोलको गीत बजारमा ल्याएका हुन्। उनले गीतमा आफू कसरी गायक बने भन्ने कथा प्रस्तुत गरेका छन्। गीतका शब्द र संगीत सिर्जना बसन्त थापाले गरेका हुन्।
गीतसँगै सार्वजनिक गरिएको भिडियोमा शिव विकको निर्देशन रहेको छ भने अर्जुन तिवारीको छायांकन रहेको छ।
भिडियोमा दुर्गेशका साथै पल शाह, सरिता केसी र पुष्प खड्कालाई पनि देख्न सकिन्छ।


























