चितवन, भदौ ४ । भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रत्ननगर नगरपालिका- १३ निवासी ६५ वर्षीय पुरुषको आज दिउँसो २ बजेर ५७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। उनको ६ दिनदेखि कोभिड आइसीयुमा उपचार भइरहेको थियो।
ती व्यक्ति दीर्घरोगी तथा बेडसोरेस भएको, फोक्सोको टिबी, सेप्सिस तथा कोभिड–१९ संक्रमणका कारणले निधन भएको अस्पतालले जनाएको छ।
Facebook Comments


























