चितवन, भदौ ४ । भरतपुर अस्पतालको अर्थोपेडिक्स र मातृशिशु सेवातर्फका अन्तंरग सेवाहरु सूचारु भएको छ।
अस्पतालमा कार्यरत केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि केही दिनदेखि बन्द भएका अस्पतालका विभिन्न सेवाहरु मध्ये अर्थोपेडिक्स र मातृशिशु सेवातर्फका अन्तंरग सेवाहरु सूचारु भएको अस्पतालद्वारा जारी सूचनामा आज (बिहिवार) बाट सेवा सूचारु गरिएको उल्लेख गरिएको छ।

Facebook Comments


























