रौतहट, भदौ ४ । रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ।
रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।
मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानेर सो समूह फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
हत्याराको खोजी जारी रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























