काठमाडौं, भदौ ३ । नेपालमा बुधबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार आज काठमाडौं र बर्दियामा एक/एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक(एक जना महिलाको कोरोनाले मृत्यु भएको छ।
यसअघि मंगलबार एकैदिन ७ जनाको कोरोनाले मृत्यु भएको थियो। जसमा काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक(एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको थयो।
Facebook Comments


























