वीरगन्ज, भदौ, ३ । पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ।
वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो।
मृतक वृद्धमा कोरोनासँगै निमोनियाको पनि समस्या रहेको नारायणी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए। उनी साउन २३ गते अस्पताल भर्ना भएकोमा २६ गते कोरोना पुष्टि भएको थियो।
यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १७ पुगेको छ। यसअघि मंगलबार राति नै धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र ललितपुरको पाटन अस्पतामा एक जनाको मृत्यु भएको हो।
मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृतकको संख्या १ सय १४ पुगेको जनाएका थिए।
Facebook Comments


























