काठमाडौँ । नेपालमा आज एकै दिन एक हजारभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मंगलबार जानकारी गराउँदै प्रवक्ता प्राडा जागेश्वर गाैतमले आज मंगलबार मात्रै एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। एकैदिन यति धेरै संक्रमित देखिएकाे याे नै पहिलाे घटना हाे।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ८५ जना उपचारपछि निको भएर घर फर्किएसँगै निको भएर घर फर्किनेको संख्या भने १७ हजार ५८० पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने १०८ पुगेको छ।
Facebook Comments


























